सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज हुने

लोकपथ
91
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबिच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ ।
सम्झौतापत्रमा सुर्या लाईफको तर्फबाट सञ्चालक समितीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाईफको तर्फबाट सञ्चालक समितीका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।

मर्जरको लागि सम्झौंता गरेपनि सेयर मिलान अनुपात (स्वाप रेसियो) तय नगरेको कम्पनीले मर्जर सम्बन्धि सैद्धान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डिडिए) तयार गर्ने जनाएको छ । सो पश्चात मात्र कम्पनीले मर्जरको लागि स्वाप् रेसियो निर्धारण गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?