नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण, दुई महत्वपूर्ण योजनामा हस्ताक्षर

लोकपथ
195
Shares

काठमाडौं । नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति समक्ष शपथ ग्रहण गरेसँगै आजै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसँगै उनले दुई मुख्य योजनाहरु प्रारम्भ गर्न हस्ताक्षर गरेको बताए ।

उनले हनुमानथानदेखी स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि तत्काल काम गर्ने निर्णय गरेको जानकारी दिए । त्यसैगरी कोभिडले पर्यटन क्षेत्रमा भएको पारेको असरहरुको बारेमा यसअघि अध्ययन भएको विषयहरुलाई कार्यान्वयनमा लैजानका लागि पहल गर्ने बताए ।

काठमाडौं उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदा र पदमार्गहरुको निर्माण र हनुमानथानदेखि स्वयम्भूसम्मको पदमार्ग निर्माण गर्ने साथै अन्य पदमार्गहरुलाई निर्माण गर्ने कामलाई तिव्रता दिने बताए ।

उनले आफू सांसदको रुपमा रहेको बेलामा समेत पदमार्ग निर्माणको कामलाई तिव्रता दिएको र अब त्यसलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

आइतबार मन्त्रीमा नियुक्त भएसँगै नवनियुक्त मन्त्रीहरुले आज शपथसँगै पदभार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?