२३ श्रावण २०७९, सोमवार

जी-७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

२०७९,असार,१३,सोमवार १२:१९

36
Shares

काठमाडौं । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी— ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी गरेका छन् ।

पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उनले आरोप लगाए । उनले युक्रेनी र रूसी जनता दुवैको खर्चमा आफ्नो अहंकार प्रदर्शन गरेकोसमेत आरोप लगाए ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १२:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषता सहितको माई पे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक

काठमाडाैं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु-एस’ सर्भिस

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।

ताजा समाचार