११ कार्तिक २०७८, बिहीवार

कृसु क्षेत्रीले ल्याए ‘चराको गीत’

२०७५,भाद्र,१२,मंगलवार ०२:०५

0
Shares

काठमाडौँ : साहित्यकार एवं अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीद्वारा रचित ‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ । 

अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा शनिबार एक समारोहबीच अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले सो कविता सङ्ग्रहको विमोचन गरे । सो सङ्ग्रहलाई साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो । कार्यक्रममा साहित्यकार क्षेत्रीले आफ्ना कविता बाचन गरेका थिए। 

साहित्यकार क्षेत्रीका अर्धमुद्रित आँखाहरु (गजल), बोधिसत्वको मृत्युउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमारमा नेपाली भाषा ‘साहित्य र संस्कृति’ जापानमा नेपाली भाषा र साहित्य तथा चौध वर्षपछि (संयुक्त कविता) लगायतका कृति प्रकाशित छन् ।

उनी युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देवकोटा शताब्दी स्वर्ण पदकलगायत पुरस्कारबाट सम्मानित भर्इसकेका छन् । 

प्रकाशित मिति: २०७५,भाद्र,१२,मंगलवार ०२:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले आज चौथो राष्ट्रिय पुरस्कार हात पारेकी छिन् । उनले भारतका उपराष्ट्रपति वेंकैया नायडूबाट फिल्म

काठमाडौं । भारतकी चर्चित गायिका नेहा कक्कडले श्रीमान रोहनप्रीत सिंहसँगको रोमान्टिक तस्बिर सेयर गरेकी छिन् । उनका तस्बिरहरुमा फ्यानहरुले प्रतिक्रिया

काठमाडौं । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी अमेलियोपछि टिकटक

ताजा समाचार