नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
546
Shares

काठमाडौं । एकीकृत समाजवादीबाट सरकारमा सामेल भएका ४ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

शपथ ग्रहणसँगै आजै कार्यभार सम्हाल्नेछन् ।

एकीकृत समाजवादीले यसअघि सरकारमा सामेल भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई सरकारमा सामेल गराएको हो ।

यसअघि पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) लाई फिर्ता बोलाएको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन् ।

श्रममन्त्री बनेका कुँवर भने गैरसांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?