आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

लोकपथ
143
Shares

काठमाडौं । आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ सोमबार बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडमा बिहान ९ बजे बाँडफाँट सम्पन्न भएको हो ।

मागभन्दा बढी आवेदन परेकोले आईपीओको बाँडफाँट गोलाप्रथामार्फत गरिएको थियो । । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ६ हजार २ सय ५६ जना जना लगानीकर्ताहरूले १० कित्ताका दरले र बाँकी ५ जनाले ११ कित्ता सेयर हात पारेका छन्

क्यापिटलका अनुसार आईपिओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाबाट १ करोड ८४ लाख २४ हजार ९ सय कित्ताको लागि आवेदन परेको थियो । १ हजार ८ सय ५८ जनाको आवेदन रद्द गरि योग्य रहेका १६ लाख ७२ हजार ७ सय ९४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई सेयर बाँडफाँट गरिएको छ । १६ लाख बढी आवेदन हात खाली भएका छन् ।

लघुवित्तले १ असारदेखि ५ गतेसम्म कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । हाल लघुवित्तको चुक्ता पुँजी एक करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी दुई करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

कसरी हेर्ने नतिजा ?

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओ प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र आदर्श लघुवित्त कम्पनीको वेबसाइटबाट हेर्न सकिने छ । मेरोसेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?