संस्कृत सिक्दै मुस्लिम बालबालिका

विराटनगर – मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।

उनी संस्कृत फररर पढ्छन् । स्वस्ती वाचन गर्दा शेकलाई अरू केही मुसलमान र हिन्दु बालबालिकाले साथ दिन्छन् । विद्यालय आसपास हुने धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न संस्कृत पढ्दै गरेका बालबालिका पठाइ दिन आयोजक आएर आग्रह गर्छन् ।

विद्यालयका प्राचार्य युगेश्वर मेहताले भने, ‘त्यसका लागि शेकसहितको टिम पठाउने गरेका छौं ।’ उनका अनुसार विद्यालयमा राष्ट्रिय गानपछि वाचन गरिने स्वस्ती र आसपास हुने धार्मिक कार्यक्रममा जाने बालबालिकामा आधा मुस्लिम र आधा हिन्दु हुन्छन् ।

बाल कक्षादेखि १० सम्म संस्कृत पढाइ हुने यो विद्यालयमा शेक कक्षा १० मा पढ्छन् । तर उनी एक्ला भने होइनन् । विद्यालयका ३ सय बालबालिकामा ४६ मुस्लिम छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?