काम नभए पनि बसीबसी भत्ता

काठमाडौं-के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ ।

संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र वेरोजगार सहायता संघीय कानूनबमोजिम हुनेछ ।

यस्तै उपधारा (२) मा लेखिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको यो विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएर संसदीय प्रक्रियामा अघि बढेको छ ।
विधेयकमा नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगार उपलव्ध गराउन नसकेमा एक आर्थिक वर्षमा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको एक सय दिन बराबरको रकमको ५० प्रतिशत रकम तोकिएको शर्तको अधिनमा रही ‘निर्वाह भत्ता’ उपलव्ध गराइने उल्ल्ेख छ । तर सय दिन नपुग्ने गरीमात्र रोजगारी पाएमा त्यो दिन पुग्न बाँकी अवधिकोमन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम ‘निर्वाह भत्ता’ पाउने नेपाल समाचारपत्र दैनिकले खबर छँपेकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?