२६ श्रावण २०७९, बिहीवार

आफ्नै घर बिर्सिन्छिन् दीपिका

२०७९,असार,१३,सोमवार ११:२९

207
Shares

काठमाडौं । निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् । मोडलिङबाट अभिनयमा आफ्नो करियर बनाएकी दीपिकाको हातमा अहिले धेरै फिल्मका अफर छन् ।

दीपिकाको हातमा यति ठूला प्रोजेक्ट छन् कि उनलाई आफू ‘पछिल्लोपटक घर कहिले गएँ’ भन्नेसम्म सम्झना छैन । फिल्मको काममा दीपिका भारतभर घुमिरहन्छिन् । जसकारण उनलाई आफ्नो घर पुग्ने समयसमेत छैन ।

पछिल्लोपटक उनी कामको सिलसिलामा मनाली, राजस्थान, दुबई र गोवामा निकैपटक पुगिन् । आफूले जिम्मेवारी लिएको कामलाई जसरी भए पनि पूरा गर्ने सोचले दीपिका घरसमेत बिर्सन्छिन् ।

एकपटक उनलाई यस्तै आपत आइलाग्यो । दीपिकालाई लामो समयसम्म घरमा नदेखेपछि उनको घरेलु कामदारले फोन गरेर उनको हालखबर सोध्नु परेको थियो । उनले दीपिकालाई फोन गरेर ‘दिदी तपाईं कहाँ हुनुहुन्छ । कति समय भयो तपाईंको अनुहारसम्म हेर्न पाइएको छैन । तपाईं कहिले आउँदै हुनुहन्छ । म तपाईंको घरमा बस्न सक्छु ?’ भनेर सोधेका थिए ।

दीपिकाले पनि उनलाई ‘तपाईं अवश्य नै त्यो घरमा बस्न सक्नुहुन्छ । मैले यति मेहनत गरेर घर किनेकी छु । कसैले त त्यसलाई प्रयोग गर्नु पर्‍यो नि ’ भन्दै जवाफ फर्काएकी थिइन् ।

 

 

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार ११:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एडी रिलिजको आयोजनमा आज बिहीबारबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदै छ । यो डान्स रियालिटी शो

मुम्बई । अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी

काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । फुलबारी चलचित्रको बुधबार घोषणा हुँदैछ । सोल्टीमोडस्थित

मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९
९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००