७ कार्तिक २०७८, आईतवार

कैलालीका उद्योगमा लगानी बढ्दै

२०७५,भाद्र,१२,मंगलवार ०१:१९


धनगढी : कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा एक अर्ब ३८ करोड रूपैयाँ लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा एक अर्ब पाँच करोड र लघु उद्योगमा ३३ करोड रूपैयाँ लगानीको प्रस्ताव गरिएको छ ।

साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी १२ करोड रूपैयाँ रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीलीप चन्दका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका छन् । 

करीब सात अर्ब  रूपैयाँ बराबरको वार्षिक उत्पादन क्षमता रहने यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउने चन्दले बताए। आव २०७३/७४ मा दर्ता भएका ८९० उद्योगमा १ अर्ब तीन करोड रूपैयाँ लगानीको प्रस्ताव गरिएको थियो । कार्यालयले आव २०७४/७५ मा ४३० उद्योगको नवीकरण तथा ५८ उद्योगको लगत कट्टा गरेको छ । 

वर्षेनी उद्योग दर्ता हुने गरेपनि दर्तापछि उद्योगको बस्तु स्थिति, दिएको रोजगारी, मापदण्ड अनुसार सञ्चालन भए/नभएको, उद्योग सञ्चालनबाट परेको प्रभाव लगायतका विषयमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था छैन । अनुगमन निरीक्षण नहुँदा मापदण्ड विपरीत सञ्चालन भइरहेका उद्योगबाट वातावरणमा प्रभाव परेको गुनासो आउने गरेको छ । “पर्याप्त जनशक्ति र साधन स्रोतको अभावले उद्योगको अनुगमन तथा निरीक्षण गर्न सकेका छैनौँ,” कार्यालय प्रमुख चन्दले भने । दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन् । 

बैंकबाट ऋण तथा विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्दै गएको चन्द बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालयमा हालसम्म साना उद्योग ६ हजार ११० र लघु उद्योग २५३ दर्ता भएका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको छ ।

उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेका यी उद्योगको कूल लगानी प्रस्ताव ७ अर्ब २१ करोड रूपैयाँ रहेको कार्यालयले जनाएको छ । कार्यालयलाई स्थानीय तहको निर्वाचन पछिको केही समय धनगढी उपमहानगरपालिका मातहतको उद्योग विकास शाखाको रुपमा कायम गरिएकोमा हाल प्रदेश सरकारको उद्योग, पर्यटन, वन, वातावरण मन्त्रालय मातहत ल्याइएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,१२,मंगलवार ०१:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । गत असोज ३१ गतेदेखिको

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन् । बेमौसमी वर्षाका कारण बाढी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने भएका छन् । शनिवार रातीदेखि परेको अविरल वर्षाका कारण

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९
पीपीए रोकिएकाेमा इपानको आपत्ति
 २०७८,कार्तिक,७,आईतवार १६:५४