१ भाद्र २०७९, बुधबार

सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ

२०७९,असार,१२,आईतवार २१:२२

63
Shares

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षिय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स.३ प.७७९६ नम्वरको मोटरसाईकल शंका लागि रोकी चेकजाँच दुई वटा सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

आजै सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

उदयपुरको सीमाक्षेत्रमा उत्पादित गाँजा धनगढीमाई नपाको बाटो हुँदै तस्करहरुले भारतसम्म पुर्याउने गरेको बताइन्छ।

प्रकाशित मिति: २०७९,असार,१२,आईतवार २१:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

काठमाडौं । सरकारले बुधबार (आज) देखि सिंहदरबारभित्र सिलिन्डर ग्याँस प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्दपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको

ताजा समाचार