७ महिने शिशुको अपहरणपछि हत्या

महोत्तरी-महोत्तरीको औरही–१ मा ७ महिने बालिकाको अपहरणपछि हत्या भएको छ । आइतबार साँझ अपहरणमा परेकी स्थानीय सन्तोष चौधरी र इन्द्रेशी चौधरीकी छोरी सोनालीको शव सोमबार भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नास्थित आँपको बगैँचामा फेला परेको हो ।

औरही बजारस्थित आफ्नै पसलमा आमासँग खेल्दै गरेका वेला एक अपरिचित व्यक्तिले आफूलाई सन्तोषको साथी बताउँदै सोनालीलाई काखमा लिएर एकैछिनमा बेपत्ता भएका थिए । इन्द्रेशीले पसलको कामतिर ध्यान दिएको मौका पारेर उसले बच्ची अपहरण गरेको परिवारको भनाइ छ । औरहीमा उनीहरुको कस्मेटिक पसल छ । आइतबार सन्तोष पसलमा थिएनन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?