१ भाद्र २०७९, बुधबार

सवारी चालकलाई सचेत बनाउन ट्राफिक बोर्ड

२०७९,असार,१२,आईतवार २१:४०

63
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीब्रता बनाएको छ ।

काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सुचनामूलक बोर्डहरू ५७ स्थानमा राखेको छ ।

‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौं।’ प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।

‘बोर्डमा सवारी नियम जरिवानासम्बन्धी विभिन्न जनचेतनामूलक कुराहरु राखेका छौ,’ उहाँले भन्नुभयो, ‘यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्‍याउने अपेक्षा छ ।’

यस्ता बोर्डहरू माईतीघर, सिंहदरवार, पद्मोदय, पुत्तलीसडक, सीतापाईला, हलचोक, सामाखुशी, नयाँबसपार्क, माछापोखरी, बालजु, गगंबु, ग्रीनल्याण्ड, सल्लाघारी, सुर्यविनायक, जगाती, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थानलगायत उपत्यकाको विभिन्न स्थानहरूमा सडककोबीच भागमा राखिएका छन् ।

ट्राफिक नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गरिदिनसमेत सडक प्रयोकर्ताहरूलाई ट्राफिक प्रहरीले विशेष अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०७९,असार,१२,आईतवार २१:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजबाट सुरु हुने भएको छ । ‘एक्स व्यालेन्स नेल २२–५५३०’

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरुलाई लक्षित गरेर विभिन्न अभियान सञ्चालन गर्दै आई रहेको छ । जसमध्ये

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी

गत सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका ४ सदस्य मृत भेटिए । बिहान अबेरसम्म पनि घरको दैलो नखुलेपछि छिमेकीले

ताजा समाचार