बसपार्कबाट ब्राउन सुगरसहित तीन पक्राउ

काठमाडौं । काठमाडौंमा हुने बिम्सटेक शिखर सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै छड्के चेकिङ गरिरहेको महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बसपार्कस्थित होटल तुलसीसागरको कोठा नं. ३०१ बाट झण्डै ५० ग्राम ब्राउन सुगरसहित प्रक्राउ गरेको हो ।

पक्राउ परेकाको अझै परिचय खुलाइएको छैन ।

महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कबाट प्रहरी निरीक्षक मोहनविक्रम केसीको नेत्तृत्वमा गएको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ भने केही शंकास्पद छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?