११ चैत्र २०७९, शनिवार

अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित

२०७४,आश्विन,२९,आईतवार १४:३८

18
Shares

 काठमाडौँ, २९ असोज – अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ ।पार्टी एकीककरण गर्न आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गर्नुभयो ।कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उहाँको भनाइ थियो ।पार्टी काँग्रेसमा समाहित भएपछि रासससँग कुरा गर्नुहुँदै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताउनुभयो । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उहाँले दिनुभयो ।अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गर्नुभएको थियो ।दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सक्नुभएको छ ।पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताउनुभयो ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १४:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११