एनआईसी एशियाको मोबाइल एपमार्फत हवाई टिकट बुकिङ गर्दा २० प्रतिशत क्यास ब्याक पाइने

लोकपथ
52
Shares

काठमाडाैं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेर नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धनगर्नका लागि आफ्नो मोबाइल बैंकिङ् एपमार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ् एप प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नुहुनेछ । डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप मोबाइल बैंकिङ् एपमार्फत टिकट बुकिङमा ग्राहकहरूले पहिलो टिकट बुकिङमा ५०० रूपैयाँ अधिकतम एंव दोश्रो पटकबाट १०० रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई इसर्भिसमार्फत अघि बढाईरहेको छ । जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाईन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, आइपिओ आवेदन लगायतका सुविधाहरू ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत  शाखा कार्यालयहरू स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?