२६ श्रावण २०७९, बिहीवार

विदेशी कम्पनीलाई नेपाली क्रिकेट सुम्पिएको सम्झौता च्यातिनुपर्छः पूर्वसञ्चारमन्त्री बाँस्कोटा

२०७९,असार,१२,आईतवार १९:५१

135
Shares

काठमाडौं । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजन्य र गम्भिर आपत्ति भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार संघीय प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका नेता बास्कोटाले क्यान र गठबन्धन सरकारमाथि ‘नेपाल टी २० लिग’ गर्न भारतीय सेभेन थ्री स्पोर्ट्स कम्पनीलाई कमर्सियल सम्झौता दिएकोमा आपत्ति जनाएका हुन् ।

‘नेपालको एउटै खेल विश्व वरीयतामा अलि कति माथि छ भने, त्यो क्रिकेट नै हो । १४ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देशमध्य नेपाल पनि एक हो । तर, यस सरकारले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स प्रालि कम्पनीलाई सुम्पियो । क्रिकेट खेलको बन्ध्याकरण गर्यो । त्यो पनि आठ वर्षका लागि । हामी सबैलाई थाहा छ, खेलाडीहरु लिगहरुमा ‘हायर’ हुन सक्छन् । तर, यहाँ सम्पूर्ण खेल क्षेत्रमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिइएको छ’ बास्कोटाले भने ।

यस अघि क्यानले ११ वैशाखमा लिग हुने मेलमार्फत् जनाएको थियो । यसपछि क्यानले ४ जेठमा नक्साल स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आधिकारीक घोषणा गरेको थियो । क्यानले प्रतियोगिता आधिकारीक घोषणासँगै नेपालमा चल्तिमा आएको फ्रेन्चाईज लिग गर्न नदिने बताएपछि एभरेष्ट प्रिमियर लिग संचालक आमिर अख्तरले पत्रकार सम्मेलन गर्दै क्यानको सो निर्णयको खण्डन र विरोध गरेका थिए ।

यसपछि क्यानले १० जेठमा भ्रामक समाचार अख्तरले सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको विज्ञप्ती निकाल्यो । सोहि दिन बसेको क्यानको कार्यसमिति बैठकले नेपाल टी–२० लिग खेल्ने ६ टिम सहित तीन फ्रेन्चाइज लिगलाई क्षेत्रीय मान्यता दिने बताएको थियो ।

यस निर्णयसँगै कुनै समय क्यान निकट देखिएका आमिर अख्तर अहिले क्यानका सबैभन्दा ठुलो दुस्मनको रुपमा देखिएका छन् । सोहि प्रकण एकपटक संसदमा देखिएको हो । पूर्वमन्त्री बास्कोटाले सार्वजनिक खरिद ऐन मिचेर आर्थिक अनियमितता गरेको आरोप सरकारलाई लगाएका छन् ।

‘एउटा प्राइभेट कम्पनी जसलाई ८ वर्षको निम्ति सम्पूर्ण खेल क्षेत्र दिइएको छ । त्यो पनि सार्वजनिक खरिद ऐन मिचेर, विना प्रतिस्पर्धा प्राइभेट कम्पनीलाई दिइएको छ । यो खेद जन्य र गम्भिर आपत्तिको विषय छ । सम्झैताअनुसार भारतीय कानुन लाग्नेछ । जुन कुरा सम्झैताको २१ नम्बर बुँदामा प्रष्टसँग उल्लेख गरिएको छ । ४।२।२ अनुसार खेलाडी र खेल क्षेत्रको सम्पूर्ण ‘इन्टेलेक्च्युल प्रपर्टी राइट” पनि त्यही कम्पनीलाई दिइएको छ । यो खारेज हुनुपर्छ । खेलकुद मन्त्रलायले यसलाई खारेज गर्नुपर्छ ।”

बास्कोटाले यस्तो अवस्थामा खेल क्षेत्रलाई लैजाने हो भने खेलकुद मन्त्रालय र मन्त्रीको के काम ? भनेर प्रश्न गरेका छन् ।

‘यस्तो अवस्थामा खेल क्षेत्रलाई लौजाने हो भने खेलकुद मन्त्रालयको के काम छ ? मन्त्रीको के काम छ ? क्यानको के काम छ ? सरकारले क्यानलाई पैसा दिनुको के काम छ ?”

यस्तै उनले विदेशी कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र प्रपर्टी राइट दिने कुरा अत्यन्तै घातक भएको र सम्झौता च्यातेर नयाँ सम्झौता गर्नुपर्ने साथै क्यान अध्यक्ष चन्दले क्रिकेट क्षेत्रलाई खत्तम बनाएको आरोप लगाए ।

‘हाम्रो सम्पूर्ण आन्तिरिक खेलहरुलाई बन्धक बनाउने विदेशको एउटा कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र ‘प्रपर्टी राइट’ दिने कुरा अत्यन्तै घातक छ । व्यापक आर्थिक अनियमितता भएका छन् । सरकारलाई कानुन लाग्दैन ? सरकारले कानुन मिच्न पाउँछ ? परामादेशी भएपछि की कानुन पनि च्यातेको हो ? विधिको शासन खै ?सुशासन खै ? क्यानको चतुरबहादुर चन्दले यसरी चतुर्याई गरेर देशको क्रिकेट क्षेत्रलाई खत्तम गर्नु भएको छ । यो चानचुने विषय होइन । सरकारको ध्यानकर्षण गछौं । यसरी खेल क्षेत्रलाई बर्बाद बनाउने कुरा हुन सक्दैन । यो सम्झैता च्यातिनुपर्छ । पूर्नविचार गर्नुपर्छ । गर्ने भए नयाँ सम्झैता गर्नुपर्छ ।’

प्रकाशित मिति: २०७९,असार,१२,आईतवार १९:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४