लोकपथ टप फिप्टिन : मन्त्रीहरूकाे राजीनामादेखि ललितपुरमा पानीपुरी ब्याण्डसम्म

लोकपथ
117
Shares

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२ पुग्यो, हैजा महामारीकै रुपमा फैलनसक्ने जनस्वास्थ्यविद्हरुको संकेत ।

२  पेट्रोलिय पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्यो, अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा अधिकतम ७ प्रतिशतसम्म भाडा घटाइएको यातायात व्यवस्था विभागको भनाइ ।

३  मन्त्रिमण्डल पुनर्गठन गर्ने एकीकृत समाजवादीको निर्णयपछी बिच्किए मन्त्रीहरु, संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले दिइन् राजीनामा ।

४  विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, सम्मेलनले समग्र देश र जनता लाभान्वित हुने विश्वास व्यक्त ।

५  संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको प्रतिक्रिया ।

६  सरकारले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको अनुगमन गर्ने, पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै उपभोग्य वस्तुको मूल्य पनि घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशन, अटेर गरे कारबाही गर्ने चेतावनी ।

७  एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक भोलि, बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट आएको चुनाव सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने ।

८  शिक्षासम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ, सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख ।

९  जिल्ला समन्वय समिति सप्तरीको निर्वाचनमा मत किनबेच भएको खुलासा, निर्वाचनमा एक मत बराबर ५० हजार रुपैयाँमा किनबेच भएको प्रत्यक्षदर्शीहरूको दाबी, मन्दिरमा लगेर सपथ खुवाइयो ।

१०  हैजा संक्रमणको त्रास बढेपछी ललितपुरमा ठेलामा पानीपुरी र चटपटे बिक्रिमा रोक, अर्को निर्णय नभएसम्म महानगर भित्र ठेलामा पानीपुरी बेच्न नपाइने ।

११  आइतबार सेयर बजारमा हरियाली, नेप्से ९५ अंकले बढ्दा २ अर्ब १९ करोडको कारोबार, १९१ कम्पनीको सेयर मूल्य बढ्यो, मनोबल बढाउँदै लगानीकर्ता ।

१२  सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा फैसला उल्टाइदिएसँगै अमेरिकामा विरोध प्रदर्शन, गर्भपतन गर्ने क्लिनिकहरु बन्द हुन थाले ।

१३  अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकको मृत्यु, तीन घाइते, आक्रमणकारी प्रहरी नियन्त्रणमा, आक्रमणबारे अनुसन्धान हुँदै ।

१४  सरकारले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स कम्पनीको हातमा सुम्पिएको एमाले सांसद गोकुल बास्कोटाको आरोप, एउटा प्राइभेट कम्पनीसँग गरिएको सम्झौता कसको सेटिङमा गरेको भन्दै प्रश्न ।

१५  क्यानडा टुर र विश्वकप लिग टूरका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा, लिग आगामी असार २९ बाट स्कटल्याण्डमा हुने, सुनिल, सुशन र सागर टिममा अटाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?