काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले आफू प्रक्रिया भन्दा एक्सनमा काम गर्न रुचाउने व्यक्ति रहेको बताएका छन् ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो नौँ महिने कार्यकालको प्रगतीबारे जानकारी दिँदै मन्त्री आलेले सो कुरा बताएका हुन् ।
आफू असोज २२ गते मन्त्रीको रुपमा आएपछि गरेका कामहरुको बारेमा जानकारी दिँदै मन्त्री आलेले भने, ‘यो समय कसरी बित्यो पत्तै भएन । म प्रक्रिया भन्दा एक्सनमा काम गर्ने परिपाटीमा हुर्किएको पार्टी कार्यकर्ता हुँ । मलाई चाँडै रिजल्ट चाहिन्छ ।’
त्यसैगरी आफूले गरेको कामका बारेमा जनताले सधैँ सम्झिरहने उनले दाबी गरे ।
मन्त्रिमण्डल पुनर्गठन गर्ने एकीकृत समाजवादीको निर्णयसँगै मन्त्री आलेले असार १० गते नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका छन् ।
उनले आफ्नो कार्यकालमा भएका कामकारबाहीको विषयमा जानकारी गराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया