राष्ट्र बैंकले सोमबार पुन: २६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

लोकपथ
104
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म २८ दिने देखि तीन सय ६४ दिने अवधिसम्मको उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने टे«जरी बिलको जारी मिति भने २०७९ असार १४ गते तोकिएको छ । भोलि बिक्री गरिने कुल ट्रेजरीमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैंयाँको रहेको छ । जसमध्ये तीन सय ६४ दिने अवधिको पाँच अर्बको ट्रेजरी मात्र नयाँ र बाँकी सबै पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७९ साउन १० गते, २०७९ असोज ११ गते, २०७९ पुस १२ गते र २०८० असार १२ गते तोकिएका छन्। गत साता अर्थात यही असार छ गते पनि राष्ट्र बैकले २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?