हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड बजेट

लोकपथ
39
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब ७१ करोड ७९ लाखको बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको हो ।

महानगरले वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै अन्य विविध कोषतर्फ ९९ लाख, प्रदेश सरकारबाट हस्तान्तरण गरिएको योजना ६ करोड ३ लाख ७० हजार रकम छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?