८ कार्तिक २०७८, सोमवार

फेवातालमा किशोरी मृत फेला

२०७५,भाद्र,११,सोमवार १४:०६


पोखरा । बेपत्ता भएकी एक किशोरी आज फेवातालमा मृत अवस्थामा फेला परेकी छिन् । 

पोखराको पुम्दी भुम्दीस्थित शान्ति स्तूप नजिक कोदी बस्ने १८ वर्षीया सुस्मीता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् । ड्यामसाइडस्थित फेवातालको किनारमा उनको झोला र मोबाइल भेटिएपछि प्रहरीको उद्धार टोलीले फेवातालमा खोजबिन गर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,११,सोमवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६