उपत्यकामा यसरी मनाइयो गाईजात्रा

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा आज विभिन्न कार्यक्रमका साथ काठमाडौं र आसपासका क्षेत्रमा मनाइयो ।

एक वर्षभि दिवंगत भएका आफन्तको सम्झनामा मनाइने यो पर्वमा गाईलाई सिँगारेर आफ्ना ठाउँमा परिक्रमा गराएर र विभिन्न झाँकी निकालेर गाईजात्रा मनाइयो ।

धार्मिक रुपमा यसरी गाईजात्रा मनाउँदा दिवंगतले पुच्छर समाई वैतरणी तर्छन् भन्ने विश्वास रहँदै आएको छ ।

उपत्यकामा विभिन्न कार्यक्रम गरेर गाईजात्रा मनाइयो । यता राष्ट्रिय नाचघरमा पनि आजैदेखि ‘गाईजात्रा महोत्सव’ शुरु भएको छ ।

उपत्यकामा देखिएका गाईजात्राका केही झलक तस्वीरमाः

 

तस्वीरहरुः रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?