२६ श्रावण २०७९, बिहीवार

अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित

२०७४,आश्विन,२९,आईतवार १४:३८

0
Shares

 काठमाडौँ, २९ असोज – अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ ।पार्टी एकीककरण गर्न आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गर्नुभयो ।कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उहाँको भनाइ थियो ।पार्टी काँग्रेसमा समाहित भएपछि रासससँग कुरा गर्नुहुँदै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताउनुभयो । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उहाँले दिनुभयो ।अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गर्नुभएको थियो ।दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सक्नुभएको छ ।पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताउनुभयो ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १४:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रपहित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल

सुर्खेत । ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४