तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै

लोकपथ
78
Shares

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।

२९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनीत भएका छन् । विश्व तेक्वान्दो ९डब्लुटी० ले मनोनित गरेको अशोकले जनाएका छन् ।

क्याडेटको प्रतियोगिता २८ देखि ३१ जुलाई तथा जुनियरको २ देखि ७ अगष्टसम्म बुल्गेरियाको सोफियामा हुँदै छ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनीत हुने अशोक एक्लो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?