२३ श्रावण २०७९, सोमवार

जिसस रौतहटमा तीन दलीय गठबन्धन विजयी

२०७९,असार,१२,आईतवार १६:३२

207
Shares

रौतहट । जिल्ला समन्वय समिति (जिसस) रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ ।

१८ स्थानीय तहको कुल ३६ मतमा कांग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादव २६ मत प्राप्त गरी विजयी बनेका छन् । उपसभापतिमा एकीकृत समाजवादीका महेश बैठाले २५ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

सदस्यतर्फ कांग्रेसका अशोककुमार झा, इन्दु देवी, बिजुलिया पाश्वान र शेख मोज्जमिल समान २५ मत प्राप्त गरी विजयी बनेका छन्।

अन्य सदस्यमा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल विजयी भएको कांग्रेसका नेता अर्जुन यादवले जानकारी दिए ।

एमालेबाट सभापति पदका उम्मेदवार शेरबहादुर पटेलले पाँच मत प्राप्त गरे । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४, एमालेको पाँच र जसपा(लोसपाको सात मत थियो ।

प्रकाशित मिति: २०७९,असार,१२,आईतवार १६:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा

ताजा समाचार