यस वर्षको मदन पुरस्कार ‘योगमाया’को पोल्टामा

यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाद्वारा लिखित योगमाया पुस्तकले प्राप्त गरेको छ ।

आज बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले २०७४ सालमा प्रकाशित पुस्तकहरू मध्येबाट ‍‘योगमाया’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा पाँच दशकदेखि समर्पित श्री शान्तदास मानन्धरलाई २०७४ सालको ‘जगदम्बा श्री’ प्रदान गर्ने निर्णय गरेको छ।

यस वर्ष आठ पुस्तकहरू क्रमशः कैरन, नथिया, पाठशाला, भुइयाँ, यार, योगमाया, लिम्बुनी गाउँ र हिमाली दर्शन मदन पुरस्कार २०७४ का निम्ति छनौट भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?