काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन् ।
आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन् ।
मन्त्रीहरुले राजीनामा पत्र बुझाउँदै पार्टीले आवश्यकता अनुसार सो पत्र बाहिर ल्याओस् भनेको उनले जानकारी दिए । उनले सो राजीनामा पत्र गोजिमा लिएर हिँडिरहेको भन्दै कुनैपनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे । अध्यक्ष नेपालले अन्य मन्त्रीहरुले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे । उनले मन्त्रीपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले गठबन्धन सरकारलाई निरन्तरता दिइने बताउनु भयो । उहाँले गठबन्धन सरकार कायम रहने उल्लेख गर्दै गलत कुराका विरुद्धमा भने संघर्ष गर्ने बताए।
अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन नभएपनि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेगरी तयार रहन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक मत जम्मा गर्नका लागि सबै निर्वाचन क्षेत्रहरुमा डमी उम्मेदवारको रुपमा भएपनि उम्मेदवार खडा गर्नुपर्ने बताए । उनले संगठन निर्माण र प्रचार–प्रसारको काममा सक्रियतापूर्वक लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया