जम्बो तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान

काठमाडौं । सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाई गरेका छन् । 

सभामुखको निवास वालुवाटारमा आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका खेलाडी टोलीलाई सभामुख महराले बिदाइ गरेको हो । सो अवसरमा सभामुख महराले तेक्वान्दो खेलमा उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीलाई आग्रह गरे । 
 
‘राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्छ, तेक्वान्दोमा उच्च क्षमता प्रदर्शन गरी विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिङ्गो देशकै सफलता हुनेछ ।’ उनले भने । 

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो प्रर्दशन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली त्यसतर्फ लागेको हो ।

टोलीमा प्रशिक्षक मोहनप्रताप गुरुङसहित २० जना सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?