झुण्डिएको अवस्थामा दुई जनाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको छ । 

जाजरकोटको छेडागाड नगरपालिका १३ कार्कीगाउँका २३ वर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगरपालिदका तालामारङकी १५ वर्षकी फुलमाया तामाङ आइतबार मेलम्ची नगरपालिका–६ सिन्धुकोटको जंगलमा कटुसको रुखमा भुण्डिएको अवस्थामा दुवै मृत फेला परेको हो । 

जारकोटका ठकुरी ७ महिना अघि सिन्धुपाल्चोक आएका थिए । उनले मेलम्ची नगरपालिका मानेभज्याङमा घर निर्माण गर्ने काम गर्थे ।  

भदौ ७ गते गाउँबाट दुई युवक र दुई युवती हराएको र केटीका आफन्तले खोजीका लागि प्रहरी कार्यालयमा उजुर दिएका थिए । उजुरीको आधारमा खोजी गर्दा एक युवक र युवतीलाई प्रहरीले फेला पारेको थियो ।

उनीहरुसँगै हराएका अरु दुई जना पदम र फुलमाया भने झुण्डिएको अवस्थामा मृत भेटिएको हो । 

रुखको बीचभागमा एउटै डोरमा झुण्डिएको अवस्थामा मृत भेटिएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । 

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?