काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विभिन्न विभागलाई पूर्णता दिएको छ ।
असार ५ गते बसेको संगठनको केन्द्रीय कमिटी बैठकले केन्द्रीय विभागहरु गठन गरी जिम्मेवारी बाँडफाँट गरेको हो ।
जसअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी दिपेश पुनले पाएका छन् । यो सबैभन्दा महत्वपूर्ण विभाग हो । त्यस्तै अर्को महत्वपूर्ण आर्थिक विभागको जिम्मेवारी केन्द्रीय कार्यालयलाई दिइएको छ ।
त्यस्तै अखिल क्रान्तिकारीले ३ महिना विद्यार्थीहरुलाई तीन महिना प्रशिक्षण अभियान चलाउने भएको छ ।
अध्यक्ष पञ्चा सिंह र महासचिव पुनले विज्ञप्ति जारी गर्र्दै विभाग गठन गरेकोबारे जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया