सेयर बजार अपडेट : साढे २ घण्टामा ८० अंकले बढ्यो नेप्से

लोकपथ
533
Shares

काठमाडौं । आइतबार नेपाली सेयर बजारमा उछाल आएको छ । कारोबार खुलेको साढे २ घण्टा बित्दा बजार ४ दशमलव ३० प्रतिशतले बढेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा ८०.१५ अंकले बढेर १९४२.२१ बिन्दुमा उक्लिएको छ। सेन्सेटिभ परिसूचक पनि १४.४४ अंकले बढेर ३७९.३४ को बिन्दुमा पुगेको छ। अहिलेसम्म एक अर्ब २६ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। लगानी समूहको सर्वाधिक ७.८२ प्रतिशतले बढेको छ।

यो समाचार तयार पार्दासम्म ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आन्दोलनरत सेयर लगानीकर्ताका १९ बुँदे माग कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएकोले लगानीकर्तामा मनोबल बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?