निर्मला हत्या प्रकरण : बम दिदीबहिनीलाई ६ दिन थुनामा राख्न निर्देशन

काठमाडौं । निर्मला पन्त हत्या आरोपमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई ६ दिन थुनामा राख्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ । 

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले बम दिदीबहिनीलाई निर्मला हत्याको अनुसन्धानका लागि ६ दिन थुनामा राख्न अनुमति दिएको हो ।

कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 

शनिबार प्रहरीले निर्मला हत्याको आरोपमा बम दिदीबहिनीलाई पक्राउ गरेको थियो । 

पोष्टमार्टम रिपोर्टबाट बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको देखिएको थियो ।

स्थानीय बासिन्दाले निर्मला पन्तको अपराधीलाई प्रहरीले जोगाउन खोजेको भन्दै आन्दोलन गर्दै आएका छन् । प्रहरीले वास्तविक दोषी पहिचान गर्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?