८ कार्तिक २०७८, सोमवार

कांग्रेसद्वारा करको विषयमा नगर प्रमुख र उपप्रमुखसँग छलफल शुरु

२०७५,भाद्र,११,सोमवार १०:३७


काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत विषयमा अन्तरसंवाद शुरु गरेको छ । 

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मुलुकभरबाट सहभागी नगर प्रमुख र उपप्रमुखलाई पार्टीका शीर्ष नेताका साथै विभिन्न विषयका विज्ञहरुले प्रस्तुती दिइरहेका छन् । तीनै तहका सरकारले जथाभावी कर लगाएको भन्दै सर्वसाधारणबाट आक्रोश बढेपछि कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग पहिलो चरणमा यो कार्यक्रम गरेको जनाएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा कांग्रेसबाट निर्वाचित १८९ नगर प्रमुख र उपप्रमुख छन् । 
    
कार्यक्रमको प्रथम सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना विषयमा, द्वितीय सत्रमा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्य : न्यायिक र कानूनी पक्षमा, तृतीय सत्रमा पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्धमा प्रस्तुति दिने छन् । 

सो कार्यक्रममा पार्टीका नेताका साथै अन्य विभिन्न क्षेत्रका विज्ञले पुरक टिप्पणी गर्नुहुने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । समापन सत्रमा कांग्रेसको तर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिका विषयक कार्यक्रम हुनेछ । 

 

प्रकाशित मिति: २०७५,भाद्र,११,सोमवार १०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) ले मङ्गलवार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा

काठमाडौं । आधिकारिक परिचयपत्र नखुलेका विदेशी नागरिकहरुलाई घर, अफार्टमेन्ट, फ्ल्याट तथा कोठा आदी भाडामा नदिन निर्देशन दिएको छ । विदेशी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व

कैलाली । नेकपा एमालेको धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनका लागि तयारी सुरु गरिएको छ । अगामी कात्तिक १५ गतेका लागि तय

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६