सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

लोकपथ
299
Shares

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घटेको छ ।

सरकारले शनिबार मध्यरतिदेखी लागु हुनेगरी पेट्रोलको मूल्यमा २० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २९ रुपैयाँ घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घटाएको हो ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७ प्रतिशतसम्म भाडा घटाएको हो ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.४१ प्रतिशत घटेको छ । त्यस्तै, पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९७ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.६८ प्रतिशत भाडा घटेको यातायात विभागले जनाएको छ ।

यस्तो छ नयाँ भाडा दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?