काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो उमेरमा सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका शम्भु तामाङको स्वास्थ्य अवस्थारे जानकारी लिएका छन् ।
आइतबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा पुगेर भेटेका हुन् ।
लामो समयदेखि क्यान्सरसँग लडिरहेका तामाङको उपचारका लागि सरकारको ध्यानाकर्षण गर्ने समेत प्रचण्डको प्रतिबद्धता रहेको छ ।
सबैभन्दा सानो उमेरमा सगरमाथाको आरोहण गरेका उनले विश्व कीर्तिमानी कायम गरी ‘गिनिज बुक अफ द वर्ल्ड’ मा नाम राख्न सफल व्यक्ति हुन् तामाङ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया