१८ औँ ‘एशियाड’: कतारका अस्राफ एल्सेफीले जिते स्वर्ण पदक

जाकार्ता । कतारका अस्राफ एल्सेफीले  इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुष ह्याम्मर थ्रोतर्फ स्वर्ण पदक जितेका छन् । 

गेलोरा बुङग कार्नो स्टेडियममा सोमवार भएको खेलमा कतारका एल्सेफीले ७६ दशमलब ८८ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, ताजकिस्तानका दिलसोड नाजारोभले रजत पदक हात पारे । उनले कुल ७४ दशमलब १६ मिटर थ्रो गर्दै रजत पदक जितेका हुन् ।

७४ दशमलब ०६ मिटर थ्रो गर्दै उज्वेकिस्तानका शुकरोभ कोत्जेभले कास्य पदक जित्न सफल भए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?