३० आश्विन २०७८, शनिवार

बिम्सटेक : वरिष्ठ अधिकारीको बैठक मङ्गलबार

२०७५,भाद्र,११,सोमवार ०९:५१


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) को चौंथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ । 

बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रालयका सचिव आज साँझसम्म नेपाल आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो । उनीहरुको स्वागतमा मन्त्रालयका सचिव शङ्करदास बैरागीले आज साँझ रात्रिभोजको आयोजना गर्नेछन् । उक्त कार्यक्रममा उनीहरुबीच मङ्गलबार बिहान बस्ने बैठकका बारेमा अनौंपचारिक छलफलसमेत हुनेछ । वरिष्ठ अधिकारीको बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए । 

सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुने सहप्रवक्ता ढकालले बताए । 

बैठकमा बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा छलफल र परामर्श हुनेछ । मन्त्रिस्तरीय बैठकपश्चात भदौ १४ गते शिखर सम्मेलन शुरु हुनेछ । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्सटेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै उनीहरुको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । 

सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ । भदौ १५ गतेको सम्मेलन अघि शीर्ष नेताहरुबीच अनौपरिक भेटघाटसमेत हुनेछ । त्यसपछि औपचारिक बैठक हुने र घोषणा पत्र जारी हुनेछ । 

यस सम्मेलनमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्सटेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ । बिम्सटेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् । 

बिम्स्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतङ्कवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् । 

शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनुहुनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गरे । जसमा पारस्परिक सहायताका क्षेत्रमा बिम्सटेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । बिम्स्टेक सदस्य राष्ट्रमध्ये नेपाल र भुटान भूपरिवेष्टित् छन् । तसर्थ नेपालले अन्य पाँच सदस्य राष्ट्रसँग गहिरो सम्पर्क सञ्जाल बनाउने बारेमा समेत जोड दिने बताइएको छ । 

बिम्सटेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मामा सम्पन्न भइसकेको छ । त्यसैगरी हालसम्म बिम्सटेकका परराष्ट्रमन्त्रिस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । बिम्सटेक क्षेत्रमा विश्व जनसङ्ख्याको झण्डै २१ प्रतिशत अर्थात करीब डेढ अर्ब जनसङ्ख्याको बसोवास छ । सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो ।
 

प्रकाशित मिति: २०७५,भाद्र,११,सोमवार ०९:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७