१८ औँ ‘एशियाड’: नेपालको खराब प्रर्दशन जारी, कराँतेका दिवश श्रेष्ठ बाहिरिए

जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत कराँतेका दिवश श्रेष्ठ बाहिरिएका छन् । 

प्लेनरी हलमा सोमवार भएको पुरुषको ८४ केजी तौल समुहको खेलमा नेपालका दिवस श्रेष्ठ इरानका जावीउल्लाह पोरशाबसँग पराजित हुँदै जारी ‘एशियाड’को यात्रामा पूर्णविराम लागेको हो ।

श्रेष्ठ पोरशाबसँग ८-० स्कोरले पराजित भए । अहिलेसम्मको एशियाडमा नेपाल पदक विहिन छ ।

अब नेपालले कराँतेमा एक खेलाडीले मात्र खेल्न बाँकी छ । पदकको आशा गरिएको कराँतेमा अनु अधिकारीले मात्र खेल्न बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?