काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा जितेको मेयर हर्क साङ्पाङ यतिबेला काममा व्यस्त छन् ।
पुराना र ठूला मानिएका राजनीतिक दलहरुलाई पछारेका मेयर साङ्पाङ यतिबेला कहिले खानेपानीको मुहान खोज्दै गरेका हुन्छन् त कहिले बाटो बनाउँदै होस् या वृक्षरोपण गरेको देखिन्छन् ।
निर्वाचनका बेला सिधा र सरल रुपमा प्रस्तुत भएका साङ्पाङ काममा मात्र होइन सामाजिक सञ्जालमा समेत त्यतिकै बढी सक्रिय रहेका छन् ।
उनी बिहान उठेपछि सामाजिक सञ्जालमा कुनै न कुनै विषयमा लेख्छन् । दिनभरी उनी कहिले आफूले गरेको कामको त कहिले आफूले गर्नुपर्ने काम र विविध विषयमा जानकारी गराइरहन्छन् । भने कहिले आफैँ गित गाएर मनोरञ्जन दिइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
धराने जनतालाई खानेपानी खुवाउने सपना देखाएर निर्वाचन जितेका मेयर साङ्पाङले जितेसँगै खानेपानीका मुहान हेर्न पुगे । विभिन्न स्थानहरुमा युवाहरुको हुल लिएर काममा मात्र पुगेनन् उनी स्वंय नै ढुंगा बोकेर मुहान निर्माणमा लागे । जसलाई उनी आफैँले सामाजिक सञ्जालमा पोस्ट गरेर जनता सामू ल्याए ।
त्यसो त उनले उनले दैनिक सामाजिक सञ्जालमा स्ट्याटसमार्फत हरेक विषयमा जानकारीहरु दिँदै आइरहेका छन् । आइतबार मात्रै उनले यो समाचार तयार पार्दासम्म ५ वटा स्ट्याटसहरु लेखेका छन् ।
मेयर साङ्पाङलले आजको सामाजिक सञ्जालका यात्रा बिहान ७ः०३ बजे ‘महान धराने जनतालाई सलाम ! जय धरान !’ भन्दै सुरु गरेका छन् ।

त्यसपछि पनि घण्टा घण्टामा उनले विविध विषयमा लेख्दै आएका छन् ।
त्यसपछि पुनः आफूले धराने विकासमा धराने जनतालाई प्रत्यक्ष जोड्न चाहेको भन्दै कुनै नेता, ठेकेदार र कर्मचारीले देश बनाइदिन्छु भन्ने भ्रम मात्रै रहेको बताउँदै सामाजिक सञ्जालमा पोखिएका छन् ।

त्यसपछि पुनः सामाजिक सञ्जालमा दिनको एकपटक लागूऔषध विरुद्ध लेख्न सुसुचित गरेका छन् ।

त्यसपछि पुनः वृक्षरोषणका लागि आह्वान गर्दै स्टयाटस लेखेका उनले पुनः रमिते र विरोधीहरुले आफ्नो आलोचना गरे पनि आफू निरन्तर हिँडिरहने भन्दै सामाजिक सञ्जालमा पोखिएका छन् ।

एउटा रोचक पक्ष के छ भने उनले लेखेका हरेक स्ट्याटसमा नकारात्मक भन्दा सकारात्कम प्रतिक्रिया धेरै आएको देख्न सकिन्छ । भने केही व्यक्तिहरुले स्ट्याटस मात्रै धेरै आएको भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया