घरबाट चोरिएकी ८ महिने शिशुको शव भेटियो

महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिकास्थित घरबाटै चोरिएकी ८ महिने शिशुको शव भेटिएको छ ।

आइतबार स्थानीय सन्तोष चौधरीको छोरी सोनाली कुमारीको चोरी भएको थियो  ।  

औरही नगरपालिका–१ स्थित एक बगैंचामा शिशुको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । एक अपरिचित व्यक्तिले बालिकाको बुबाको साथि भन्दै आइतबार साँझ ६ बजेतिर बालिकाको चोरी गरेका थिए । 

सो अपरिचित व्यक्तिले बालिकालाई केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका थिए ।

घटनाको विषयमा केहि थप जानकारी भने आएको छैन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?