लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा

लोकपथ
65
Shares

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले २९ असारमा साधारणसभा बोलाएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दै छ ।

सभा प्रयोजनका लागि लुम्बिनी जनरलले १५ असार बुधबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार १४ असार मंगलबारसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

यस्तै, कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पनि पेस गर्दै छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।

सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको अधिकृत पुँजी एक अर्ब २५ करोड रुपैयाँबाट बढाएर तीन अर्ब पुर्‍याउने एजेन्डा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?