प्रतितोला १०० रुपैयाँले बढ्यो सुनको मूल्य

लोकपथ
143
Shares

काठमाडौं । सुनको मूल्य आज  प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?