निर्मला हत्या प्रकरण : बम दिदीबहिनी अदालतमा

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई अदालतमा उपस्थित गराइएको छ । 

सोमवार बिहान उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले बताए ।

एसपी कठायतले भने,’ अदालतमा म्याद थपको लागि उपस्थित गराएका छौं । अदालतबाट म्याद थप भएपछि थप बयानको काम हुन्छ।’

भीमदत्त नगरपालिका वडा नम्बर १८ बम दिदीबहिनीलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?