११ चैत्र २०७९, शनिवार

११ न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता गर्न नपर्ने सर्वोच्च अदालतको फैसला

२०७४,आश्विन,२९,आईतवार १४:३२

0
Shares

काठमाडौँ २९ असोज – सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज पूर्ण इजलासबाट पहिल्यै नै उक्त रिटको निर्णय भएर अन्तिम भइसकेकाले निवेदन दर्ता गर्न नमिल्ने भनेर फैसला गरेको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए । उनले यसअघि उक्त मुद्दाको निर्णय पुनरावलोकन नहुने गरी समेत अदालतबाट निर्णय भइसकेकाले फेरि पनि निवेदन दर्ता गर्नु आवश्यक नरहेको उल्लेख गरे ।फैसलामा भनिएको छ–‘एकपटक निरुपण भइसकेर अन्तिम भइसकेको मुद्दाको बिषयलाई उठान गरी फेरि सुनुवाइ गर्न नमिल्ने भएकाले निवेदन दर्ता गर्न आवश्यक छैन ।’रिट निवेदक अधिवक्ता गणेशप्रसाद पाण्डेले तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठको पालामा न्यायपरिषद् अपूर्ण बैठकले नियुक्त गरिएका ११ न्यायाधीशको सम्बन्धमा रिट दर्ता गर्न जाँदा सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न नमानेपछि रिट निवेदन दर्ताका लागि मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १४:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११