१५० प्रतिशत हकप्रद निष्काशनका लागि ङादी ग्रुप पावरले कहिले गर्दैछ बुक क्लोज ?

लोकपथ
169
Shares

काठमाडौं । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि २० असारमा बुक क्लोज गर्ने भएको छ । १९ असारसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १:१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?