…पछि ओलीका योजना फेल गरायौँ : माधवकुमार नेपाल

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत भदौ २ गते आफूहरुले पार्टी दर्ता गर्ने क्रममा परेको अफ्ठ्यारोबारे बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २ भदौमा आफूहरुले चन्द्रागिरीमा पार्टी दर्ताको क्रममा जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मान्छे पठाएर रोक्न खोजे पनि त्यसलाई असफल पारेको बताए ।

‘भदौ २ गते हामीले होटल अर्यालबाट साथीहरूलाई बसमा राखेर चन्द्रागिरीमा लगेर दुई दिन राख्यौँ । केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौंला भन्ने सोचेका थिए । तर, उनको सबै योजना फेल गरायौँ । कति कष्ट गरेर बल्लतल्ल संख्या पुर्यायौँ ।’ अध्यक्ष नेपालले भने ।

आइतबार पार्टी निकट महिला संगठनको कार्यक्रमलाई स सम्बोधन गर्दै उनले तत्कालिन नेकपा विभाजन भएपछि आफूहरु ओलीको दास भएन नबसेको बरु त्यसको विरुद्ध विद्रोह गरेको बताए । आफूहरुसँग दास भएर बस्ने, राजनीतिबाट सन्यास लिने र विद्रोह गर्ने तीन विकल्प भएको र आफूहरुले विद्रोह गरेको उनले बताए ।

‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए । हामीले विद्रोह रोज्यौँ । तर, विद्रोह गर्न कम्ती गाह्रो भएको थियो ।’ नेपालले भने ।

पार्टी विभाजनको बेलामा अफ्ठ्याराहरु झेलेर अघि बढेको कारण आफूहरु सफल हुन सकेको उनको दाबी रहेको छ ।

उद्देश्य एउटा हुन्छ, तरिका अर्को हुन्छ । कहिले पूर्व गएजस्तो, कहिले पश्चिम गएजस्तो । तर गन्तव्य एउटै,’ ‘पछिल्लो कालमा विद्रोह गर्ने बेलामा हाम्रो पक्षमा अलिकति अनुकूलता भयो र सफल भयौँ ।’ नेता नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?