‘साफ च्याम्पियनसिप’का लागि २० सदस्यीय नेपाली टिमको घोषणा

काठमाडौं । बंगलादेशमा हुने ‘साफ च्याम्पियनसिप’ को लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । 

राष्ट्रिय टिमका कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले सोमवार २० खेलाडीको नामावली सार्वजनिक गरेका हुन् ।

विराज महर्जनको कप्तानीमा रहेको नेपाली टिममा निराजन खड्काले राष्ट्रिय टिममा कमब्याक गरेका छन् । खड्का ४ वर्ष पछि टिममा पुनरागमन गरेका हुन् । त्यस्तै, सुमन अर्यालले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भए । 

यता, जर्ज प्रिन्स कार्की र कम श्रेष्ठ भने टिममा पर्न असफल भएका छन् । 

राष्ट्रिय टिमको गोलरुक्षकमा किरण चेम्जोङ्, विकेस कुथु र एलन न्यौपाने  रहेका छन् । डिफेन्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल छन् ।

त्यस्तै, मिडफिल्डर सुजल श्रेष्ठ, निराजन खड्का, विशाल राई, सुनिल बल, हेमन गुरुङ र हेमन्त थापामगर रहेका छन् । भरत खवास, विमल घर्तिमगर, नवयुथ श्रेष्ठ र अञ्जन विष्टले फर्वाड सम्हाल्नेछन् ।

 सेप्टेम्बर ४ देखि १५ सम्म ढाकामा चल्ने यो प्रतियोगिताको समूह ‘ए’ नेपालसहित आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?