काठमाडौं । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दैछ ।
दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा लोक सेवा आयोग विद्येयक- २०६५ पेश हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोगको बैसठ्ठीऔँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी आजैको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान विद्येयक, २०७६ माथि विचार गगरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
त्यस्तै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट को सहभागितामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृती प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
त्यसैगरी आजै बिहान ११ बजे राष्ट्रिय सभाको बैठक समेत बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया