एशिया कप छनोटमा नेपालले उत्कृष्ट प्रर्दशन गर्ने: जगत टमाटा

काठमाडौं । यहि बुधवारदेखि मलेसियामा शुरु हुने एशिया कप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय टोली सोमवार प्रस्थान गरेको छ । 

एशिया कपको तयारीका लागि श्रीलंकामा तीन अभ्यास खेल खेल्न गरेको नेपाली टोली सोमवार उतैबाट मलेसिया प्रस्थान गरेको टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका हुन् । 

त्यस्तै, क्यारेवियन प्रिमियर लिग ‘सीपिएल’ खेलिरहेका रहेका सन्दिप लामिछाने पनि मोली ‘मंगलवार’ उतैबाट मलेसिया आइ पुग्नेछन् । 

पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा  कमब्याक गरेका विनोद भण्डारी र सागर पुनले श्रीलंकाको तीन स्थानिय क्लबसँगको खेलका दौरान राम्रो प्रर्दशन गरेका थिए ।

यसैबीच टिमका मुख्य प्रशिक्षक जगत टमाटाले श्रीलंकामा खेलेको उच्च लयलाई एशिया कपमा पनि कायम राख्ने बताएका छन् ।

‘श्रीलंकाको क्लबसँगको तीन अभ्यास खेल नै हामीले जित्यौं । यो लयलाई हामी एशिया कपमा पनि जारी राख्नै लक्ष्यमा छौँ । सबै खेलाडीहरुको प्रर्दशनमा पनि केही सुधार आएको छ र सबैले राम्रो प्रर्दशन पनि गरेका छन् । यसपटक टिम राम्रो फर्ममा छ । त्यसैले एशिया कप छनोटमा राम्रो प्रर्दशन गर्ने आशामा छु ।’ उनले लोकपथलाई भने । 

साथै उनले अभ्यासमा टप अर्डर ब्याट्म्यासले समेत राम्रो खेलेको जानकारी दिए । 

यहि बुधवार हुने छनोटको पहिलो खेलमा नेपालले ओमनको सामना गर्नेछ । छनोट प्रतियोगितामा नेपालसहित युएई, सिंगापुर, ओमान, हङकङ, मलेसिया छन् । 

त्यस्तै, भदौं १४  गते नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’को, ने१६ गते मलेसियाको, १७ गते सिंगापुरसँग र १९ गते हङकङविरुद्ध प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ । 

राउण्ड रोविन प्रणालीअनुसार खेलाइने यो प्रतियोगितामा शीर्ष एक टोलीले ‘एशिया कप’को समूह ‘बी’ मा रहेको भारत र पाकिस्तानसँग खेल्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?